मंगलबार ३१५ नयाँ संक्रमित थपिए, ३०४ जना संक्रमणमुक्त

काठमाडौं, २१ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २ हजार ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।त्यस्तै, ८ लाख ५ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा र ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १२३ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् ।