कृषि विश्वविद्यालयको उपकुलपतिमा डा.वैद्यनाथ महतो नियुक्त

जनकपुरधाम, २१ मंसिर । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ ।
प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालनको शुरुवातको सिलसिलामा मंगलबार उपकुलपतिको नियुक्ति गरिएको मुख्यमन्त्री लालबाबु राउतको सञ्चार सचिवालयले जनाएको छ ।
प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य समेत रहेका मिर्चैया नगरपालिका वडा नं. २ का महतोलाई सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले नियुक्त गरेका छन् ।