आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत

काठमाडौं, २० मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।
आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १८७ रेटिङ प्वाइन्टका साथ १२औं स्थानमा यथावत रहेको हो ।
२७५ रेटिङ प्वाइन्टका साथ इंग्ल्यान्ड शीर्ष स्थानमा कायम रहँदा दोस्रो स्थानको भारतले २६७ रेटिङ प्वइन्ट प्राप्त गरेको छ ।
पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, अफगानिस्तान,श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश क्रमशः तेस्रो देखि १०औं स्थानमा छन् ।
एकदिवसीयतर्फ नेपाल ३० रेटिङ प्वाइन्टका साथ १६औं स्थानमा रहँदा १२१ रेटिङ प्वाइन्ट प्राप्त गरेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।
इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका र अफगानिस्तान क्रमशः दोस्रो देखि १०औं स्थानमा छन् ।
टेस्टतर्फ भारत १२४ रेटिङ प्वाइन्टका साथ शीर्ष स्थानमा उक्लिँदा दोस्रो स्थानको न्युजिल्यान्डले १२१ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।
अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश र जिम्बावे क्रमशः तेस्रो देखि १०औँ स्थानमा छन् ।