विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश–१ को पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन दिइएको छ ।

संस्थापन इतर गुरुराज घिमिरे पक्षले पुनः मतगणनाको माग राख्दै निर्वाचन आयोग समक्ष निवेदन दिएको हो ।

सभापतिका प्रत्यासी गुरुराज घिमिरेले पुनः मतगणनाको माग राख्दै निवेदन दर्ता गराएको निर्वाचन अधिकृत भरत थापाले बताए ।

प्रदेश महाधिवेशनअन्तर्गत गएराति सम्पन्न मतगणनामा उद्धव थापा विजयी भएका थिए । देउवा–सिटौला प्यानलबाट उम्मेदवार बनेका थापाले कोइराला–पौडेल समूहबाट चुनावी प्रतिस्पर्धामा रहेका घिमिरेलाई २ मतको अन्तरले पराजित गरेका थिए ।

थापाले ४४४ र घिमिरेले ४४२ मत प्राप्त गरेका छन् ।