स्वास्थ्य सतर्कता अपनाई महोत्सवमा सहभागी हुन मुख्यमन्त्रीको अपील

जनकपुरधाम, २० मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सोमबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले त्रेतायुगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने साताव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई महोत्सवमा सहभागी हुनसमेत सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा अपील गरेक छन् ।
विवाहपञ्चमी महोत्सवको अवसरमा प्रदेश सरकारले मंसिर २२ गते प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ ।