जनकपुरधाम, १९ मंसिर । प्रदेश २ का कानून व्यवसायीहरुले सोमबारदेखि बहस नगर्ने निर्णय गरेका छन् ।

प्रदेशभरिका बार ऐशोसिएशनका पदाधिकारीहरुको आइतबार जनकपुरधाममा भएको बैठकले सोमबारदेखि बहस नगर्ने निर्णय गरेको हो ।

नेपाल बार एशोसिएशन जनकपुरधामका अध्यक्ष अधिवक्ता किशोरी साहको अध्यक्षतामा भएको बैठकले गोलाप्रथाबाट पेशी नभएसम्म आगामी शुक्रवारसम्म बहस नगर्ने निर्णय गरिएको बताइएको छ ।

उच्च अदालत सहित जिल्ला अदालतको मुद्दाको पेशी गोलाप्रथाबाट हुनु पर्ने उनले माग गरेका छन् ।

शुक्रबारसम्म पनि गोलाप्रथाले पेशी नतोकेको खण्डमा थप आन्दोलनका कार्यक्रमहरु तय गरिने बार एशोसिएशनले जनाएको छ ।