सर्लाही, १९ मंसिर । सर्लाहीमा आइतबार विहान एक इलेक्ट्रिक पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर–९ बसपार्कस्थित जलाल अहमदको घरको सटरमा सञ्चालनमा रहेको इलेक्ट्रिक होलसेल पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

आइतबार विहान करिब साढे ४ बजेको समयमा ५० वर्षीय रामनाथ चौधरीले सञ्चालन गरेको पसलमा आगलागी भएको हो ।

आगलागी हुँदा पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगो प्रहरी, स्थानिय र दमकलको सहयोगमा करिब साढे ५ बजे नियन्त्रणमा लिइएको थियो ।