काठमाडौं, १७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार भने ६ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमति संख्या ६ हजार ९२१ रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । त्यस्तै, ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ । जसमध्ये ६ हजार ५७९ जना होम आइसोलेसनमा र ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।