जनकपुरधाम, १७ मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा आजदेखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय प्रशासनले एक सूचना जारी गर्दै आजदेखि नगरक्षेत्रमा माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्री वितरणमा पूर्णरूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिन लागिएको हो ।