बिहीबार ३१५ नयाँ संक्रमित थपियो, २०१ संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं, १६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ र १ हजार ८९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २०१ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ४९५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । त्यस्तै, ८ लाख ३ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ । जसमध्ये ६ हजार ७१५ जना होम आइसोलेसनमा र ३३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ११० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।