युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

जनकपुरधाम, १६ मंसिर । धनुषामा नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विदेह नगरपालिका–४ ढाडी बस्ने ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरा रहेका छन् ।
ती युवतीको आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नरहेको र श्रीमान् विदेशमा रहेको अवस्थामा ललाइफकाइ गरी जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबरजस्ती यौनसम्बन्ध राखेको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबरजस्ती करणी मुद्दा दायर गरी घटनाको अनुसन्धान भइरहेको बताए ।