काँग्रेस अधिवेशन: हालसम्म १ लाख ४१ हजार ४२ जना सर्वसम्मत

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा वडा हुँदै जिल्ला तहसम्ममा हालसम्म १ लाख ४१ हजार ४२ जना विभिन्न पदमा सर्वसम्मत चयन भएका छन् ।
निर्वाचनबाट ८ हजार ४७४ जना निर्वाचित भएको पार्टीको प्रचारप्रसार समितिले जनाएको छ । निर्वाचित भएकामध्ये खस–आर्य समुदायका ६८ हजार ८३२ जना र आदिवासी जनजाति समुदायका ४१ हजार २५६ जना छन् ।
महिलातर्फ ४३ हजार ३५७ जना, मधेसी समुदायका १३ हजार ५८० जना, थारू समुदायका ५ हजार ८२७ जना र अपाङ्गता भएका १ हजार ८६४ जना निर्वाचित भएको प्रचार समिति सदस्य दिपेश विष्टले जानकारी दिए ।