कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत, १५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।
प्रदेशसभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा नेपालले समर्थन गरेको छ ।
कर्णाली प्रदेशसभामा कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) ३ र राप्रपा नेपाल १ जना सांसद रहेका छन् ।
एमालेको महाधिवेशनका कारण जिल्ला बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन ।
पहिलो पटक राप्रपा नेपालले मुख्यमन्त्री शाहीलाई समर्थन दिएको छ । राप्रपा सांसद शोसिला शाहीले कर्णालीका मुख्यमन्त्रीलाई परिणाममुखी काम गर्न समर्थन गरेको बताइन् ।