जनकपुरधाम, १५ मंसिर । जनकपुरधाम–ढल्केबर सडकखण्डस्थित महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका वडा नम्बर–३ लगमा बस्ने अन्दाजी २३ वर्षीय बिजय मोरबैता यादव रहेको प्रहरीले जनाएको छ ।

ज १२ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर फर्किने क्रममा बुधबार बिहान उनी दुर्घटनामा परेपछि गम्भीर घाइते हुँदा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले तत्कालै उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए । अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेका छन् ।

दुर्घटनामा परेका मोटरसाइकलको पछाडी सवार आलोक चौधरी पनि घाइते भएका छन् ।