मतदान सम्पन्न, २ हजार ८५ जनाले मत खसाए

हेटौंडा, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।मतदानमा २ हजार ८५ जनाले मत खसाएका छन् ।
निर्वाचन अधिकृत हरिशरण दाहालले एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउने जानकारी दिए ।
राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो । २ हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरु भएको हो ।
अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा छन् । एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जना प्रतिस्पर्धामा छन् ।
त्यस्तै, ७ सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ । ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो ।