रौतहट, १३ मंसिर । रौतहटमा तीन बिगहा खेतमा फलाएको धानमा आगलागी भएको छ ।

जिल्लाको देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको धानमा आगालागी भएको हो ।

काटेर थ्रेसरमा दौनी गर्न खलिहानमा राखिएको ६४० वटा धानको बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् ।

बुधाई यादवले लगाएको तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताए ।

धानमा कसैले आगो लगाएको हुन सक्ने प्रहरीको आशंका छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।