हेटौंडा, १३ मंसिर । चितवनमा जारी १० औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

ओलीलाई विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

उनले गएराति आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए ।

सोहीअनुसार ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अर्को पक्षबाट एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।