जनकपुरधाम, १२ मंसिर । आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको नेपाली काँग्रेस सर्लाहीको वडा अधिवेशन आइतबारदेखि सुरु भएको छ ।

सर्लाहीमा पार्टीको दुबै पक्षबीचको छलफलपश्चात वडा अधिवेशन भएको हो ।

२०० वडा रहेको सर्लाहीमा १६० देखि १६५ वडासम्ममा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको सर्लाहीका निर्वाचन अधिकृत भरत बहादुर राउतले जानकारी दिए । बाँकी वडाहरुमा सर्वसहमति गर्ने प्रयास विफल भएकाले सोमबार मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने निर्वाचन अधिकृत राउतले बताए ।

यसअघि संस्थापन पक्ष तथा संस्थापनइतर पक्षबिच विवाद हुँदा पटक पटक वडा अधिवेशन स्थगित हुँदै आईरहेको थियो ।