झापा, ११ मंसिर । टिकटक बनाउने क्रममा कोशी ब्यारेजको पुलबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको दमक–६ घर भएका जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अहेव पदमा कार्यरत ४५ बर्षीय सुभाष नेपाल रहेका छन् ।

टिकटाउक बनाउने क्रममा कोशी ब्यारेजको पुलबाट लडेपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।