एक मत आए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने: भीम रावल

काठमाडौं, ११ मंसिर । नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।
उनले आफूले उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको जानकारी दिँदै अब पछि हट्ने अवस्था नरहेको दावी गरे । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।
पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ ।
तर रावलले भने आफू उम्मेदवारीवाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले ७०० मत ल्याउने बताइरहेका छन् ।