पुरुष यु–१९ एकदिवसीय: लुम्बिनीले सुदूरपश्चिमलाई २ विकेटले हरायो

काठमाडौं, १० मंसिर । वाईवाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको छ ।
२४१ रनको लक्ष्य लुम्बिनीले ४८.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान देव खनालले ९२ रनको उत्कृष्ट पारी खेले । ४०.५ ओभरमा आकाश चन्दले बोल्ड गराउनुअघि देवले १३२ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे ।
पाँचौँ विकेटका लागि देव र वासिर अहमेदले ५६ रनको अर्धशतकीय साझेदारी गर्दै लुम्बिनीको जितको आधार तय गरेका थिए । वासिरले अविजित ३८ रनको योगदान दिँदा विराट भण्डारीले ३२ रन बनाए ।
सुदूरपश्चिमका आकाश चन्दले ३, शेर मल्लले २ तथा नरेन्द्र साउद र खड्क बोहोराले १–१ विकेट हात पारे । १ विकट रन आउटका रूपमा प्राप्त भयो । यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।
राम्रो सुरुवात गर्न नसके पनि तल्लोक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्दा सुदूरपश्चिमले बलियो योगफल तयार पारेको हो । ११ रनमा पाँच विकेट गुमाएको अवस्थामा अर्जुन साउद र वसन्त कार्कीले छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गर्दै सुदूरपश्चिमको पारी उकासेका थिए ।
अर्जुनले १६ रनको योगदान दिँदा वसन्तले ७५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले । आठौँ विकेटका लागि नारायण जोसी र राहुल भण्डारीले ८८ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पु¥याए ।
७६ बलको समाना गरेका नारायणले ४ चौका र ३ छक्काको मद्दतमा ६४ रन जोड्दा राहुलले ४१ रन बनाए । शेर मल्ल २४ रनमा अविजित रहे । लुम्बिनीका मोहम्मद हुसेनले ४, दुर्गेश गुप्ताले २ तथा राहुल चौहान, वासिर अहमेद र विशाल विक्रम केसीले १–१ विकेट हात पारे ।
यो जितसँगै लुम्बिनीले ३ खेलमा ४ अंक जोड्दा सुदूरपश्चिमले लगातार दोस्रो पराजय बेहोरेको छ । पहिलो खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली प्रदेशसँग १४० रनले पराजित भएको थियो । सुदूरपश्चिमले प्रदेश २ सँगको पहिलो खेल २ विकेटले गुमाएको थियो ।