काठमाडौं, १० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २ हजार ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ९७९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।त्यस्तै, ८ लाख १ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ । जसमध्ये ६ हजार ८९६ जना होम आइसोलेसनमा र ३९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १७५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।