ठगी मुद्दाका फरार अभियुक्त एक वर्षपछि पक्राउ

सर्लाही, १० मंसिर । सर्लाहीमा ठगी मुद्दाका फरार अभियुक्त एक वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर–१७ रानिगंजका ३५ वर्षीय जनक पौडेल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
पौडेललाई शुक्रवार दिउँसो करिब साढे १२ बजे रानिगंजबाट पक्राउ गरिएको डीएसपी बुढाथोकीले बताए ।
ठगी मुद्दामा पौडेललाई पक्राउ गर्न सिन्धुली जिल्ला अदालतले गत पुस १७ गते पक्राउ पुर्जी जारी गरेको थियो ।