पर्साबाट जबर्जस्ती करणीको आरोपमा एक युवक पक्राउ

पर्सा, १० मंसिर । पर्सा प्रहरीले जबर्जस्ती करणीको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर–१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अन्सारीलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
अन्सारीले १५ वर्षीया बालिकालाई विवाह गर्ने, सहर लगी घुमाइदिने, सिनेमा देखाइदिने तथा राम्रा कपडाहरू खरिद गरी दिने जस्ता प्रलोभन देखाएर २०७८ जेठ १० देखि मंसिर ६ गतेसम्म जिराभवानी गाउँपालिकाका विभिन्न स्थान तथा खेतमा लगी पटकपटक जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोप छ ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा नाबालिकाका अभिभावकले अन्सारीविरुद्ध जाहेरी दरखास्त दिएका थिए ।
उनलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा बिहीबार पर्सा जिल्ला अदालतमा पेश गरी ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


