झापामा अवैध लागुऔषधसहित ७ जना पक्राउ

झापा, १० मंसिर । झापामा अवैध लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ संगमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।
उनीहरू सातै जनालाई प्रहरीले भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट हिजो बेलुका ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ४.६१० मिलिग्राम ब्राउन सुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ।