महमूदुल्लाहले लिए टेस्ट क्रिकेटबाट सन्यास

एजेन्सी, ९ मंसिर । बंगलादेशका टी–२० टोलीका कप्तान महमूदुल्लाहले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
बंगलादेश क्रिकेट बोर्डका अनुसार उनले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
३५ वर्षीय अलराउण्डर महमूदुल्लाहले यही वर्ष जिम्बावेविरुद्धको सिरिजबाट टेस्टमा पुनरागमन गरेका थिए । उनले २००९ मा वेस्ट इन्डिजविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका थिए ।
महमूदुल्लाहले बंगलादेशका लागि ५० टेस्टमा २ हजार ९१४ रन बनाएका छन् । जसमा उनको पाँच शतक सामेल छ । त्यस्तै, उनले टेष्ट करिअरमा ४३ विकेट पनि लिए ।
महमूदुल्लाहले एकदिवसीय र टी–ट्वान्टी क्रिकेटबाट भने तत्काल सन्न्यास घोषणा गर्ने छैनन् ।