बुधबारको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ७५ रनले हरायो

काठमाडौं, ८ मंसिर । बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ७५ हराउँदै पहिलो जित दर्ता गरेको छ ।
२१४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो ।
गण्डकीलका लागि अर्जुन कुमालले सर्वाधिक ५५ रनको योगदान दिए । ३३.४ ओभरमा प्रतीक श्रेष्ठले गौतम केसीबाट क्याच गराउनुअघि उनले ९४ बलमा ६ चौका र १ चौका प्रहार गरे । सुवास भण्डारी र सुजन गौतमले १३–१३ रन बनाए ।
बागमतीका प्रतिश जिसी र तिलकबहादुर भण्डारीले ३–३ तथा गौलम केसी, प्रतीक श्रेष्ठ र सक्रियराज कार्कीले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।बागमतीका लागि विवेक रानामगरले ८९ रनको उत्कृष्ट पारी खेले । ४८.५ ओभरमा अभिशेख थापाले दीपक डुम्रेबाट क्याच गराउनुअघि उनले १११ बलको सामना गर्दै ११ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान प्रतिश जिसीले २२ तथा प्रतीक श्रेष्ठले १७ रनको योगदान दिँदा सक्रियराज कार्की १४ रनमा अविजित रहे । गण्डकीका लागि अभिशेख थापा, सुदीप अर्याल र कमल परियारले समान ३ विकेट हात पार्दा विष्णु पाण्डेको नाममा १ विकेट रह्यो ।
यो जितसँगै बागमतीले २ अंक जोड्दा गण्डकीले लगातार दोस्रो पराजय बेहोरेको छ । पहिलो खेलमा बागमती प्रदेश १ सँग २६ रनले पराजित हुँदा गण्डकीले लुम्बिनी प्रदेशसँगको खेल ९ विकेटले गुमाएको थियो ।