सप्तरी, ८ मंसिर । सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक बृद्धको शव फेला परेको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–६ बस्ने अन्दाजी ८० वर्षीय मिश्रिलाल मण्डलको शव फेला परेको प्रहरीले जनाएको छ ।

घाँटी रेटेर छिन्नमस्ता सडकखण्डको झौखराही नामक फुलबारीमा मण्डलको शव फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

धारिलो हतियारले घाँटी काटिएको अवस्थामा उनको शव फेला परेको उनले बताए । मण्डल बुधबार बिहान करिब १० बजे घरबाट सखडाका लागि निस्केको परिवारजनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय छिन्नमस्ता र जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।