जनकपुरधाम, ८ मंसिर । प्रदेश २ प्रदेशसभाको आठौं अधिवेशन आगामी मंसिर २९ गतेदेखि सुरु हुने भएको छ ।

संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

मंसिर २९ गते बिहान ११ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।

यसअघि प्रदेशसभाको सातौं अधिवेशनमा तीनवटा बैठक मात्र बसेको थियो । आठौं अधिवेशनमा भने प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।