जनकपुरधाम,७ मंसिर । नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा मंगलबार औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर-२ स्थित तिनकौरीयामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता झा सहित करिव साढे २ हजार व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए । नेकपा एमालेवाट नेकपा माओवादी केन्द्र हुँदै झा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

त्यस्तै बरिष्ठ दन्त चिकित्सक डा. अजय कुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी ५ सय जना एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । मिथिला अस्पताल र मिथिला टेक्निकल एकेडमिका सञ्चालक समेत रहेका झाले नेविसंघबाट आफ्नो राजनितीक यात्रा शुरुवात गरेका थिए ।