क्रियाशिल सदस्यता पाएकै वर्षमा क्षेत्रिय प्रतिनिधि हुँदै नगर सचिवसम्म पुगेका ‘निरज’

जनकपुरधाम, ७ मंसिर । नेपाली काँग्रेसमा युवाहरुलाई अवसर नै दिइँदैन भन्ने गरिन्छ । काँग्रेस भित्र रहेर राजनीति गर्नलाई नेताहरुको अगाडी पछाडी गर्नु पर्छ भन्ने आरोप बेलाबखतमा लाग्दै आईरहेको छ । तर यस पटकको महाधिवेशनबाट युवाहरु समेत अगाडी आउनु नेपाली काँग्रेसका लागि सुखद सन्देश हो । केही दिन अगाडी मात्रै सम्पन्न जनकपुरधाम उपमहानगरपालिकाको नगर अधिवेशनबाट एकजना युवा क्रियाशिल सदस्यता पाएकै वर्षमा क्षेत्रिय प्रतिनिधि हुँदै नगर सचिवसम्म पुगेका छन् । उनी हुन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का निरजकुमार झा ‘गुड्डु’ ।
३६ वर्षिय निरज २०६१ सालमा नेपाल विद्यार्थी संघमा लागेर राजनीतिक पारीको शुरुवात गरे । ४ वर्ष मात्रै नेविसंघमा राजनीति गरेर तत्कालिन राजनीतिक दलका नेताहरुको रबैयाबाट विरक्तिएका उनी केही वर्ष सुसुप्त बसे । यद्यपि माउ पार्टी नेपाली काँग्रेसका लागि काम गरिरहे । पार्टीका लागि निरन्तर काम गरेकै कारण क्रियाशिल सदस्यता पाउनुका साथै क्षेत्रीय प्रतिनिधि र नगर सचिवसम्म पुग्न सकेको निरज बताउँछन् ।
उनले भने,‘पार्टीका लागि निरन्तर काम गरिरहे त्यसकै प्रतिफल हो काँग्रेसी साथीहरुले मलाई नगरमा काम गर्ने अवसर प्रदान गरेका छन् ।’ यसअघि पार्टीमा जातीय राजनीति हावी थियो तर अब आएर जातीय राजनीतिभन्दा पनि काम गर्ने सार्थीहरुलाई यस पटकको महाधिवेशनबाट अवसर दिइएको उनी बताउँछन् । त्यसैले होला नगरमा सम्पूर्ण पदाधिकारी सर्वसम्मत रुपमा चयन भएको उनको भनाई छ । उनले भनै,‘काँग्रेसी साथीहरु जातीय राजनीतिबाट माथी उठेर नगरका पदाधिकारीहरु चयन गरेका छन् ।’
निरजले काँग्रेसले वर्षौंदेखि युवा नेतृत्व नपाएकाले उल्लेख्य रूपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेको दावी गर्दै पार्टीले अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने जिकिर समेत गरे । तर कुनै समय थियो निरज सक्रिय राजनीतिबाटै सन्यास लिने निधो गरिसकेका थिए । आफूहरु दिनरात पार्टीका लागि काम गथ्र्यौँ तर मूल्यांकन हुँदैन थियो, निरजले भने,‘त्यसैले २०६५ सालमा राजनीतिबाट विफल भएको महशुश गर्दै शिक्षा व्यवसायमा लागे ।’ अहिले उनी नेपाली काँग्रेसमा रहेर राजनीति गर्नुका साथै जनकपुरधामको प्रतिष्ठित शैक्षिक संस्था राजर्षि जनक क्याम्पस चलाउँदै आईरहेका छन् ।
२०६५ सालमा निरज नेविसंघबाट रा.रा.व. क्याम्पस जनकपुरधामको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा चुनाव लड्ने निधो गरे ।तर पार्टीबाट सहयोग नपाएपछि उनी बागी भएर चुनाव लडे । तर सफलता प्राप्त गर्न सकेनन् । पार्टी पंक्तिबाटै असहयोग भएपछि आफूले सफलता प्राप्त गर्न सकिन त्यसैले सक्रिय राजनीति नै नगर्ने भन्दै शिक्षा व्यवसाय तर्फ लागेको उनी बताउँछन् ।
तर १४औँ महाधिवेशनमा नगरमा झर्दै गईरहेको नेपाली काँग्रेसको स्थितिलाई फेरी उचाईमा पुर्याउने उद्देश्यले फेरी राजनीतिमा सक्रिय भएको उनको भनाई छ । साथीभाईले जातियताभन्दा माथी उठेर मलाई अवसर दिएकाले उनीहरुको विश्वास गुम्न नदिने निरजले प्रतिवद्धता व्यक्त गरेका छन् ।