जनकपुरधाम, ६ मंसिर । सरकार विस्तार भएको एक दिन नबित्दै नेकपा एकीकृत समाजवादीकी एक नेतृले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतप्रति आक्रोश व्यक्त गरेकी छन् ।

नेकपा (एस) की नेतृ समेत रहेकी प्रदेशसभा सदस्य मञ्जु यादवले मुख्यमन्त्री राउतप्रति आक्रोश पोखेकी हुन् ।

नेतृ यादवले मुख्यमन्त्री राउत नेतृत्वको वर्तमान सरकारमा एकजना पनि महिलालाई सहभागी नगराउनु लज्जास्पद बिषय रहेको भन्दै उनको टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमा प्रदेशसभा सदस्य यादवले लेखेकी छन्,‘जुन संविधानको आधारमा लालवावु राउत जि मुख्यमन्त्री बन्नु भएको छ त्यहि संविधानलाई कागजको खोस्टो बनाई दिनु भएको छ । वहाँको क्याबिनेटमा महिला नहुनु लज्जाको विषय हो कि होईन?’

नेतु यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सवै सरोकारवालासँग आफ्नो यो प्रश्न रहेको बताएकी छन् ।

उनले मुख्यमन्त्री राउतले संविधानलाई कागजको खोस्टो बनाएको आरोप समेत लगाएकी छन् ।