जनकपुरधाम, ६ मंसिर । धनुषामा जुवाखालबाट करिब पौने २ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको मिथिला नगरपालिका वडा नम्बर–११ बाहुनमारास्थित मान बहादुर थापाको गोठ घरमा जुवा खेल्ने २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । जुवा खेल्ने अन्य १०/१२ जना फरार भएका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्र नगरपालिका वडा नम्बर–६ बस्ने ६० वर्षीय लक्ष्मी राउत र सोही स्थान घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ मा बस्दै आएका ५१ वर्षीय फेकन चौधरी रहेका छन् ।

दुबै जनालाई आज विहान करिब १ बजेको समयमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले घेरा हाली नियन्त्रणमा लिन खोज्दा १०/१२ जना पुरुष भागी फरार भएको र तिनीहरुको खोजबिन भइरहेको इप्रका ढल्केवरका प्रमुख प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

प्रहरीले जुवाको खालबाट १ लाख ६६ हजार ३०५ रुपैयाँ बरामद गरेका छन् ।