आइतबार २३८ नयाँ संक्रमित थपिए, ३७० जना संक्रमणमुक्त

काठमाडौं, ५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ र १ हजार २७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।त्यस्तै, ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ । जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा र ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २२७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।