सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

जनकपुरधाम, ५ मंसिर । प्रहरीले सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नरहा गाउँपालिका वडा नम्बर–३ बस्ने २१ वर्षीय इन्दलकुमार यादव तथा २० वर्षीय कपिल महरा रहेको प्रहरीले जनाएको छ ।
नरहा गाउँपालिका–३ स्थित डण्डाटोल जाने बाटोबाट दुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
डीएसपी बुढाथोकीले दुबैको साथबाट ४ ग्राम ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट–१० लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको बताए ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।