भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

बाँके, ५ मंसिर । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ र बाँकेका हुन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंसिर २५ गते अस्पताल भर्ना भएकी दाङको गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
त्यस्तै, मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म कोरोनाबाट ३४१ जनाको मृत्यु भएको छ ।