धनुषामा ७५ वर्षीय साधुले ३ वर्षीया बालिकासँग गरे जबर्जस्ती करणी

जनकपुरधाम, ३ मंसिर । धनुषामा ७५ वर्षीय एक साधुले ३ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ को इच्छापुरस्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई सो साधुले बलात्कार गरेका हुन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–६ घर भई ३/४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ बर्षिय साधु शिबजी रामले सो बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामलाई पक्राउ गरेको हो ।
प्रहरी निरिक्षक सुनारका अनुसार ७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर जबर्जस्तीकरणी गरेको पीडितको परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएका थिए ।
उजुरीका आधारमा रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्तीकरणी सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ ।