काठमाडौं, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ नमुनाको पिसिआर र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।