काठमाडौं, ३ मंसिर । नेपाली महिला फुटबल टोलीले आगामी डिसेम्बर ९ देखि २१ सम्म भारतमा हुने फोर नेसन्स कपमा सहभागिता जनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघले शुक्रबार नेपालले प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको जानकारी गराएको हो ।

एसियन कप खेल्न लागेको भारतले त्यसको तयारीस्वरूप फोर नेसन्स कपको आयोजना गरेको हो।

प्रतियोगितामा सहभागी हुने अन्य दुई टोलीको भने टुंगो लाग्न बाँकी छ ।