जनकपुरधाम, ३ मंसिर । आज ५८० वर्षयताकै सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो सन् २०२१ को अन्तिम चन्द्रग्रहण हो ।

यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । दिउँसो १ बजे चन्द्रग्रहण उच्च बिन्दुमा पुग्नेछ । चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत क्षेत्र ढाकिनेछ ।

चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रबाट देख्न सकिनेछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब ८ फेब्रुअरी २६६९ मा मात्रै लामो चन्द्रग्रहण लाग्नेछ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । पौराणिक कथा अनुसार देवता तथा राक्षसहरुद्धारा समुद्र मन्थनको क्रममा अमृत निस्कियो । अमृतपानका लागि देवता तथा राक्षसबीचमा युद्ध भयो । तब भगवान विष्णुले मोहिनी रुप धारण गरे र देवताहरुलाई मात्रै अमृत पिलाए ।

अमृत बाँड्ने क्रममा राहु नामको दानवले देवताको रुप धारणा गरे र अमृत पिउन सफल भए । राहुले अमृत पान गरेपछि सूर्य र चन्द्रले राहुलाई चिनिहाले र विष्णु भगवानलाई यस बारेमा जानकारी गराए । त्यसपछि भगवान विष्णुले राहुलाई तत्काले शीर छेदन गरी हत्या गरे । तर अमृत पानका कारण राहु अमर भयो र सो घटनापछि सूर्य र चन्द्रमालाई आफ्नो शत्रु मान्न लाग्यो । सोही कारण राहुले समय समयमा सूर्य तथा चन्द्रमालाई समाउने वा दुख दिने गर्दछ र त्यहीँ क्रमलाई चन्द्र तथा सूर्य ग्रहण भन्ने गरिन्छ धर्मशास्त्र अनुसार ।

विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो ।