बिहीबार २९९ नयाँ संक्रमित थपिए, २६० संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं, २ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २६० रहेको छ भने संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।त्यस्तै, ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल ७ हजार १६९ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।