काठमाडौं, २ मंसिर । नेपाली काँग्रेसको सर्लाही जिल्ला अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डेयमाथि कुटपिट गरिएको छ ।

पार्टी कार्यालयमा केन्द्रीय सदस्य डा. अमरेशकुमार सिंह पक्षसहितले पाण्डेलाई कुटपिट गरेको हो ।

सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायका अनुसार सिंहसँगै पार्टीका पूर्वसभापति लक्ष्मण राय यादव र सचिव नवीन अधिकारीको टोलीले पाण्डेयलाई कुटेका हुन् ।

अधिवेशनका मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेको बेला सिंह नेतृत्वमा आएका मानिसहरूले पाण्डेयलाई कुटेको रायले बताए ।

यसअघि सर्लाहीको निर्वाचन अधिकृतको रूपमा कांग्रेसको निर्वाचन समितिले विनोद कार्कीलाई खटाएको थियो । तर, काकीले २६ कात्तिकमा राजीनामा दिएपछि पाण्डेय निर्वाचन गराउन खटिएका हुन् ।