बुधबार ४१२ नयाँ संक्रमित थपिए, २०२ जना संक्रमणमुक्त

काठमाडौं, १ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ र १ हजार ८८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २०२ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ ।त्यस्तै, ७ लाख ९८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ । जसमध्ये ७ हजार १६३ जना होम आइसोलेसनमा र ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।