जनकपुरधाम, १ मंसिर । प्रदेश नम्बर २ मा पहिलो पटक फ्री स्टाइल स्टन्ट एकेडमी सुरु भएको छ । झण्डै १५ लाखको लागतमा जनकपुरधाममा एकेडमी खुलेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित भ्रमरपूरा जाने बाटोमा साढ़े चार कट्ठाको क्षेत्रफलमा यो एकेडमी खुलेको हो ।

बुधबार एक कार्यक्रमकाबिच जनकपुरधाम उपमहानगर पालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले एकेडमीको रिबन काटेर उद्घाटन गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वडाध्यक्ष साहले यो राम्रो शुरुवात भएको बताए । ’स्पोर्ट्समा युवाको रुझान रहेकोले गर्दा प्रशिक्षकद्वारा नै स्टन्टको प्रशिक्षण हुनु धेरै राम्रो छ,’वडा अध्यक्ष साहले बधाई दिदै भने,‘यस क्षेत्रमा स्टन्टको यो पहिलो एकेडमी रहेको छ ।’

यस अघि काठमाण्डु भक्तपुरको काटून्जे भन्ने स्थानमा स्टन्ट बोम्स नेपाल स्टन्ट स्कूल सञ्चालन गरेका धीरज साहले एकेडमी खोलेका छन । विगत पाँच वर्षदेखी निरन्तर यस क्षेत्रमा लागेका धीरज भविष्यमा पनि स्टन्टलाइ नै आफ्नो कैरियर बानाउने लक्ष्य सहित काम अगाडि बढाएको बताएका छन । स्वयं आफुले पांच वर्ष देखी यस क्षेत्रमा सिक्दै सिकाउँदै आएको धिरजले बताए ।

जनकपुरमा मात्र नभएर यस क्षेत्रमैं स्टन्ट एकेडमी खुलेको पहिलो चोटी हो । एकेडमीमा अहिले जम्मा ५ जना प्रशिक्षक (राइडरहरु) रहेका छन । नयाँ युवा पुस्तालाई लक्षित गरेर एकेडमी खोलिएको छ ।