दलितको समस्या नेपालमा पनि भारत जस्तै छः भाजपा प्रवक्ता सोन्कर

जनकपुरधाम, १ मंसिर । लोकसभाका पूर्वसांसद समेत रहेका भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले दलितको समस्या नेपालमा पनि भारतमा जस्तै रहेको बताएका छन् ।
नेपाल भ्रमणका क्रममा बुधबार बिहान जनकपुरधाम आइपुगका उनले सञ्चाकर्मीसँग कुराकानी गर्दै सामाजिक र धार्मिक स्वरुप एउटै रहेकाले दलितहरुको समस्या पनि उस्तै रहेको बताए । उनले भारतप्रति यहाँका सबै जनताको मुटुमा प्रेम र स्नेह देखेको पनि बताए ।
उनले केहि नेतासँग भेटघाट भएपनि आफू राजनीतिक भ्रमणमा यहाँ नआएको बताए । शास्त्रीले आफू सामाजिक र धार्मिक यात्रामा आएको र यहाँ सामाजिक तथा केहि धार्मिक संघ संगठनसँग आफ्नो अन्तरक्रिया भएको बताए ।
जनकपुरधाममा उनलाई दलित अगुवा तथा मधेसवादी दलका नेताहरुले स्वागत गरेका थिए ।