मंंगलबार ३७७ नयाँ संक्रमित थपिए, १७० संक्रमणमुक्त, ४ जनाको मृत्यु

काठमाडौं, ३० कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५०५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ र २ हजार ६४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ भने ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन् । जसमध्ये ६ हजार ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २१९ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।