काठमाडौं, ३० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार महोत्तरी आउन लागेका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभूत स्वास्थ्यचौकी र एक कोभिड अस्पतालको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्न उनी बुधबार महोत्तरी आउन लागेको रामगोपालपुर नगरपालिकाका मेयर आशोक मण्डलले जानकारी दिए ।

सो कार्यक्रमहरु गत शनिबार नै आयोजना गर्ने निर्धारण भएपनि प्रचण्ड बिरामी भएपछि स्थगन गरिएको थियो ।