सर्लाही, ३० कार्तिक । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर–१२ का २२ वर्षीय सुरज मुर्मथान मगर र २० वर्षीय मुकेश निमेल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुबै जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् ।

मगरलाई उपचारका लागि गढीमाई अस्पताल लालबन्दी लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए भने निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।