जनकपुरधाम, ३० कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्रीलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका हुन्।

राउतले उनलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा समेत पठाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव होम प्रसाद घिमिरेले मंगलबार दिउँसो करिब २ बजे मन्त्रीलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई प्राप्त भएको जानकारी दिए ।

मुख्यमन्त्री राउतले संविधानको धारा १६९ को उपधारा ३ को खण्ड (ख) बमोजिम उनलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राउतले उनीसँग राजीनामा माग गरेपछि रायले राजीनामा दिन मानेका थिएनन् ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो ।

राय आफ्नो पद बचाउनका लागि महन्थ ठाकुरको साथ छाडेका थिए ।