महोत्तरीबाट ४३ किलो अवैध गाँजा बरामद

महोत्तरी, २९ कार्तिक । सशस्त्र प्रहरीले महोत्तरीबाट ४३ किलो अवैध गाँजा बरामद गरेको छ ।
जिल्लाको जलेश्वर नगरपालिका–७ अन्कार टोल बस्ने सागर दासको घरबाट प्रहरीले ४३ किलो ५ सय ग्राम अवैध गाँजा बरामद गरेको हो ।
बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले खानतलासी गरी १४ किलो ५ सय ग्रामको तीनवटा पोकामा लुकाएर राखेको ४३ किलो ५ सय ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरी प्रदेश २ का पमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।
बरामद गरिएको अवैध गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।